तुलसिपुर / नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वाभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन उनले आग्रह गरे ।
गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताए । महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातीमा नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए । फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरू भएको र पोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए ।