६ कार्तिक २०८१, मंगलवार
कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०८१, बुधबार ०८:१४

अहिले देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Nabintech