२ कार्तिक २०८१, शुक्रबार
पूर्व अध्यक्षहरुको आग्रहः महिलाको नेतृत्व संस्थागत गरौँ

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०८१, बिहीबार १८:३१

कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारलाई संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, र महासचिवले पूर्णरुपमा समर्थन जनाएका छन्। प्रगतिशील व्यवसायीक प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार अन्जना धिताललाई व्यवसायिक समुदायले नेतृत्वमा ल्याउनुपर्छ भन्ने धारणा राख्दै कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। संस्थापक अध्यक्ष थापाले भने, “हामीले पटक पटक पुरुषलाई नेतृत्वमा चुनेका छौं, अब भने कोहलपुर उद्योग वाणिज्य संघलाई महिला नेतृत्वको हातमा दिनुपर्छ।” उनले अन्जना धितालको समर्थन गर्दै भने कि, “महिलाले देश हाँक्न सक्छन् भने, उद्योग वाणिज्य संघ पनि किन नहाक्न सक्लान्?” थापाले महिलाहरूको क्षमतालाई उजागर गर्दै कोहलपुरका व्यापारीहरू महिलालाई जिताउने सल्लाह भएको पनि जिकिर गरे ।
उनले कोहलपुरको व्यवसायिक क्षेत्रको विकासमा महिलाले नयाँ र फरक दृष्टिकोण ल्याउन सक्ने विश्वास व्यक्त गरे। थापाले व्यवसायिक समुदायले अब महिलाको नेतृत्वको संघमा हेर्न चाहेको बताए। उनले पुरूषहरूले गरेको काम भन्दा राम्रो काम गरेर देखाउन सक्ने भएको हुदा महिलालाई अवसर दिनुपर्नेमा जोड दिए।

त्यस्तै, संघका पूर्व महासचिव विष्णु खनालले पनि अन्जना धिताललाई अध्यक्षमा देख्न चाहेको बताएका छन्। उनले धितालको नेतृत्वको प्रभावकारीता र प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारहरूको समर्थनमा रहेको जानकारी गराए। खनालले प्यानलका उम्मेदवारहरूलाई व्यवसायिक समुदायका हक र हितको लागि निष्पक्ष रूपमा क्रियाशील रहन आग्रह गरे। यसरी, कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा महिला नेतृत्वको चर्चा व्यापक भइरहेको छ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै प्रगतिशिल ब्यवसायिक समुहबाट अध्यक्ष पदकी उम्मेदवार अञ्जना धितालले कोहलपुरमा रहेका व्यवसायिहरुका समस्या समाधान गर्नका लागि आफुनेतृत्वको समूह तत्पर रहेको बताउनु भयो । यस्तै संघमा आफु गएको खण्डमा कोहलपुरमा रहेका व्यापारीका समस्याका साथै पछिल्लो समय सहकारीहरुमा व्यापारीहरुको ठुलो लगानी फसेको हुदा यसलाई संस्थागत नेतृत्व गर्न आफुलागिपर्ने बताउनुभयो । यस्तै उहाँले संस्थागका सथै व्यवसायिक हकहितका लागि सम्पूर्ण मतदातालाई प्रगतिशिल व्यवसायिक समूहमा मतदान गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

Nabintech