५ कार्तिक २०८१, सोमबार
नेपाल आदिवासी जनजाति महासंघ बाँके शाखाको प्रथम महोत्सव नेपालगन्जमा हुदैँ

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०८१, आईतवार १९:०४

कोहलपुर आगामी कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा प्रथम कृषि, पर्यटन प्रर्वद्धन, व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव एस्पो सञ्चालन गरिंदैछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित वाटरपार्क नजिक खुला मैदानमा कला, संस्कृति संरक्षण सहितको संस्थाको भवन निर्माणार्थका लागि नेपाल आदिवासी जनजाति महासंघ बाँके शाखाले उक्त साँस्कृतिक महोत्सव एस्पो गर्न लागेको हो । महासंघले यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ । उक्त साँस्कृतिक महोत्सव एस्पोमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । नेपालगन्ज न्यूरोड स्थित बौद्ध गुम्बामा आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीका बारेमा जानकारी गराइएको हो ।

बीस दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिकत तथा व्यापारिकसहित २५० वटा स्टल राखिनेछ । भने कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेष्भुषाको प्रर्दशन, कृषि पर्यटन हस्तकलाका स्टलहरु, १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्टल, जातीय खाना प्रदर्शनी गरिने आयोजक महासंघले जनाएकोछ । आयोजक महासंघ बाँकेका अध्यक्ष एवम महोत्सव मुल समितिका संयोजक डम्बर बहादुर थापाले महोत्सव सञ्चालनमा साढे एघार लाख रकम खर्च हुने अनुमान गरेकाछन् । उनका अनुसार महोत्सव अवधिभर तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र सो क्रममा ५ करोड बराबरको कारोबार भई संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

उनले आदिवासी जनजाति महासंघको पहिलो पटक बाँकेमा आयोजना हुने महोत्सव सफलताका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, सञ्चारकर्मी लगायतमा अपील गरे । उनले महोत्सवको सम्पूर्ण आयब्यय पारदर्शी र मितब्यीता अपनाईने बताउँदै महोत्सव सकिएको ४५ दिनमा सम्पूर्ण आयब्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गरे । महोत्सव प्रवेश शुल्क प्रतिब्यक्ति एक सय रुपैयाँ, विद्यार्थी र अपाङता भएका व्यक्तिका लागि ७५ रुपैयाँ टिकट व्यवस्था गरिएकोछ । प्रत्येक टिकट विक्रीबाट असाह अपाङ सहयोगका लागि एक रुपैयाँ छुट्टयाइएको आयोजकले जनाएकोछ ।

Nabintech