६ कार्तिक २०८१, मंगलवार
भिस्तारा विमानभित्र बमको हल्ला ‘फेक’, ल्याण्ड गरेको ३ घण्टापछि पुनः दिल्ली उड्दै

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८१, मंगलवार १९:५८

काठमाडौं-  दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान भरिएको छ । एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो । त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो ।

केही पनि नभेटिएपछि हल्ला ‘फेक’ भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । त्यसपछि विमान पुनः दिल्ली उडानका लागि तयारी भएको स्रोतले जनायो । यात्रुहरुलाई बोर्डिङ गरी विमानभित्र लगिएको छ ।

Nabintech