७ कार्तिक २०८१, बुधबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

  • रासस

  • ७ कार्तिक २०८१, बुधबार ०६:५९

काठमाडौं –  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गते सम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै, व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।  सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षा पछिको बाढी पहिरो बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

Nabintech