११ कार्तिक २०८१, आईतवार
बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०८१, आईतवार ०८:४७

काठमाडौं – बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।  गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech