६ मंसिर २०८१, बिहीबार
नेपालगञ्जमा बैकुण्ठधाम महोत्सव सुरु

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०८१, शुक्रबार ०८:११

नेपालगञ्ज :  बाँकेको सिधनियाँ घाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ वैकुण्ठधाम आध्यात्मिक महोत्सव नेपालगञ्जमा सुरु भएको छ ।  वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्स बिहीबारबाट आरम्भ भएको हो । महोत्सवको एक समारोहका बीच पं पोखरेलले पानसमा दियो बालेर उदघाटन गरे ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको अन्तिम सत्यकारुपमा रहे्को मृत्युलाई सहज र सम्मानपूर्वक बनाउन वैकुण्ठधामको परिकल्पना गरिएको बताए । उनले हरेक मानिसको सरकोकारको विषय भएकाले वैकुण्ठधाम निर्माण अभियानमा सबैको सहभागिता आवश्यक रहने बताए ।

उनले आफ्नो प्रवचन भागवतमामात्र केन्द्रति नहुने स्पष्ट पार्दै महोत्सवमा युवा केन्द्रीत प्रवचन हुने जानकारी दिए । विज्ञान र आध्यात्मको सम्बन्धको ब्याख्या प्रवचन मार्फत उजागर गरिने बताउँदै पं पोखरेलले आध्यात्मिक दर्शनलाई युवाहरुसम्म पुर्याउने बताए ।

महोत्सव आयोजक समितिका संयोजक डा सुरेश कुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनधिसभा सदस्य दीपा शर्मा, लक्ष्मी तिवारी, प्रदेशसभा सदस्य रत्न खत्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगर प्रमुख प्रसान्त विष्ट, कोहलपर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीलगायतले महोत्सवको सफलता सहित वैकुण्ठधाम निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।  उदघाटन पूर्व पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट निस्केको शोभा कलशयात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः रामलिला मैदान पुगेर सम्पन्न भएको थियो । बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहित निस्केको शोभा कलशयात्रा भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोझी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन भएको थियो । विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रामा हजार बढी स्थानीयबासीको सहभागिता रहेको थियो ।

Nabintech