९ मंसिर २०८१, आईतवार
म अझै थाकेको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची-महाकाली अभियान चलाउँछु: प्रचण्ड

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०८१, शनिबार १८:१२

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची-महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर सम्मेलनमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेरमात्रै राजनीतिबाट विश्राम लिने बताए ।  उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै आउँदैन । व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै हामीले यो मुद्दा उठाउँदै आएका छौं ।’  उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रो पटकमा उज्यालो नेपालको अवधारणाअनुरूप विद्युत भार कटौती हटाएको बताए ।

प्रचण्डले थपे, ‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरें, नेपालको पूर्व(पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ । म अझै थाकेको छैन । त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।’

Nabintech