नेपालको बिकास र समृद्धिका लागि नयाँ पार्टीको खाँचो रहेको नगरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बताएका छन । सो कुरा चौधरीले आज कोहलपुर मा भएको जिल्लास्तरीय सभालाइ सम्बोधन गर्ने क्रममा बताएका हुन। पछिल्लो समय देशको अवस्था धेरै दर्दनाक भएको हुदा युवाहरुलाई रोक्नकालागि सबै राजनितिक पार्टीका नेताहरु सचेत हुन उनले आग्रह गरे । देशमा यूवाहरु शुन्य भईरहेको अवस्थामा सत्तामा रहेका पार्टीहरु ब्यक्तिगत स्वार्थ र सत्तालिप्त हुदा यूवाहरु पलाएन भइरहेको बताएका छन । सनिबार बाँके जिल्ला स्तरिय आम सभा कार्यक्रममा बोल्दै चौधरीले अब नयाँ पार्टीहरुलाई जनताको साथ चाहिएको हुदा सबै एकबद्ध भएर लाग्न अनुरोध गरेका छन । कार्यक्रममा बोल्दै उनले भने- नेपालमा एमाले, काँग्रेस, र माओबादीहरुले सत्ता र सरकार संचालन गरेको सबै नेपालीहरुले हेरिसके अब देश परिवर्तनका लागि नयाँ पार्टीको खाँचो रहेको बताए। हरेक नेपालीले अब आफ्नो पहिचानको जोगेर्ना गर्ने बेला आएको हुदा सबैले आ आफ्नो पहिचानकालागि बोल्नु पर्ने बेला भएको चौधरिको कथन छ ।
https://youtu.be/—2gQdGpto
यस्तै कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारुले नेपालमा पहिचानको संरक्षण गर्न नसकेको हुदा थारु मात्र नभई हरेक निम्न बर्गका ब्यक्तिहरुको पहिचान गुम्दै गएको बताए। सभामा बोल्दै महासचिव थारुले भने हरेक देश विकास गर्नकालागि आदीबासी जनजातीको संरक्षण र सम्र्बद्धन पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
https://youtu.be/AqyfIX6hHm4
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधी सभा सदस्य, प्रदेशसभा सदस्य, केन्द्रिय तहका नेता तथा जिल्ला तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता बाँके जिल्ला अध्यक्ष चन्तराम थारुले गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव भुम भण्डारीले गरेका थिए ।