१५ माघ २०८१, मंगलवार
कथा प्रवचनको अन्तिम दिन ७० लाख बढी संकलन

शुक्रबार पनि समापन सहित आध्यात्मिक संगीतमय प्रवचन हुने


  • टाइम्स संवाददाता

  • २९ कार्तिक २०८१, बिहीबार १९:३०

नेपालगन्ज – प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । शुक्रबार समापन सहित आध्यात्मिक प्रवचन जारी राखिने भएपनि दाताहरुले आजै ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोलीपनि जारी रहने जनाएको छ ।

कथा वाचनको सातौं दिन भूमीदान सहित ७० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजको कथावाचनका बीच सरोज चौधरी र अजितकुमार शर्माले १०-१० लाख दान गरेका छन् । आजै आर्थिक संयोजक कृष्ण प्रसाद श्रेष्ठबाट ५ लाख ११ हजार १११, अशोक श्रेष्ठबाट ५ लाख, टोपबहादुर थापाबाट १ लाख ५१ हजार प्रदान वैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् ।

त्यसैगरि वरिष्ठ अधिवक्ता ध्रुव बस्यालबाट १ लाख २१ हजार १२१, फत्तेबाल आँखा अस्पतालका प्रमुख डा कौशलकुमार वर्माबाट १ लाख २१ हजार, सुमन÷सीमा गौतमबाट १ लाख ११ हजार १११, आदर्श माद्यामीक विद्यालयबाट १ लाख ११ हजार १११, भ्यू सिद्धार्थ होटल नेपालगन्जबाट १ लाख ११ हजार १११, पानश फर्मासिटिकलबाट १ लाख ११ हजार दान प्राप्त भएको आयोजकले जनाएको छ् ।

सुरेन्द्रकुमार कुर्मीबाट ६१ हजार ५५५ प्रदान भएको छ भने वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ दान गर्नेहरुमा ई। तिर्थप्रसाद श्रेष्ठ÷मिठु श्रेष्ठ, मिना÷मुकुट ढकाल, कुलराज राजभण्डारी, बिनमकुमार शर्मा रहेका छन् । विजय गुप्ताबाट ५५ हजार ५५५, विनयकुमार शर्माबाट ५५ हजार ५५५ प्रदान गरेका छन् ।

त्यस्तै डा. जीराज शाक्यबाट ५२ हजार, विष्णुप्रसाद श्रेष्ठ÷सरिता श्रेष्ठबाट ५१ हजार ५५५ दान गरेका छन् । ५१ हजार १११ दान गर्नेहरुमा सुरेन्द्रकुमार शर्मा र बुद्धि प्रसाद अधिकारी रहेका छन् । यज्ञबहादुर शाक्य÷रत्ना श्रेष्ठबाट ५१ हजार १०५ प्रदान गरेका छन् ।

महायज्ञमा ५१ हजार दान गर्नेहरमा सिखा एकेडेमी कोहलपुर, नेपालगन्ज बार एशोसियसन, तिरुपति बालाजी मन्दिर व्यवस्थापन समिति तथा आमा समुह, जयबहादुर खत्री, अनिता टिबडेवाल, रामचन्द्र गोयल, कैलासचन्द्र शर्मा र मारवाडी युवा मञ्च रहेका छन् ।

आजै हुलाकी सडक निर्देशनालय, नेपालगन्ज योजना कार्यालयबाट ३७ हजार ३३१ रुपैयाँ, ब्राम्हण समाज नेपालगन्जबाट २८ हजार १०५ प्रदान भएको छ ।

आजको कथा वाचनका क्रममा बालबालिकाले पनि दान गरेका छन् । महायज्ञमा आएका ४ वर्षिय देवांस श्रेष्ठबाट ११ हजार १११, ४ वर्षिय आरभ र ९ वर्षिया आर्य श्रेष्ठबाट ११ हजार १११, आध्या श्रेष्ठबाट १११ हजार १११ दान प्राप्त भएको आयोजकले जनाएको छ । आज २५ हजार बराबरको दान गर्नेहरु एकसय बढी दाताहरु रहेका थिए भने शिलालेखमा नाम लेखाउन ११ हजार बढी जम्मा गर्ने ५ सय बढी दाताहरु यज्ञस्थलमा आएको आर्थिक संयोजक श्रेष्ठले बताए ।

बाँकेमा कार्यरत सरकारी कार्यालय तथा कर्मचारीहरुका तर्फबाट शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा दान गर्न आउने प्रतिबद्धता प्राप्त भएको महोत्सवको सरकारी निकाय समन्वय उपसमितिका संयोजक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद पाण्डेले जानकारी दिए ।

आजको कथावाचनमा भूमीदान पनि भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताए । नेपालगन्ज १८ का वडा अध्यक्ष दिपक वर्माबाट २६ धुर जग्गा वैकुण्ठधामलाई दान गरेको श्रेष्ठले बताए । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्ज र त्यस आसपासका क्षेत्रबाट दर्शनार्थी श्रोताहरुको उल्लेख्य उपस्थिती रहेको थियो

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको छैटौंैदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा। सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

Nabintech