काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेलरमट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।
जसअनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ ।