निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल कोहलपुर तथा बैजनाथको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । प्यब्सन कोहलपुर नगर कमिटिको सातौ अधिबेसन आज सोमबार एक कार्यक्रमका गरि समापन भएको हो । कोहलपुर प्याव्सन नगर कमीटिको तेस्रो अधिवेशनबाट अध्यक्षमा रमेश खत्रीको नेतृत्वमा ,समिर घर्ती उपाध्यक्ष, मित्रलाल वलि सचिव, अस्मिता पुन कोषाध्यक्ष, सदस्यहरुमा रविन्द्र रेग्मी, कल्पना पौडेल, अमृत ढकाल सर्वसम्मतले चयन गरिएको निर्वाचन समितिका संयोजक प्रमोद सुवेदीले जानकारी दिए ।
साधारण सभामा बोल्दै प्याब्सन बाँकेका अध्यक्ष यम रावतले शैक्षिक क्षेत्रको बिकास र संरक्षण भएको खण्डमा मात्र स्थानीयहरुको आय आर्जनमा बृद्धि हुनेमा जोड दिएका थिए । देशमा रहेका निजि क्षेत्रले सरकारको आर्थिक भारलाई केही हदसम्म कम गर्ने गरेको भएता पनि यहाँका स्थानीय सरकारले कुनै वास्ता नगरेको हुदा आफुहरुलाई बिद्यालयहरुको संरक्षण र विद्यार्थीलाई यहाँबाट बाहिर पलाएन हुनबाट रोक्न नसकिएको गुनासो गर्नुभएको थियो । यस्तै उहाँले स्थानीय सरकारले आफु अनुकुल निति नियम बनाउदाँ यहाँ रहेका उच्च माध्यमिक क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कोहलपुरमा रोक्नका लागि समस्या भएको हुदा यस विषयमा स्थानीय सरकार सचेत भई काम गर्नपनि अनुरोध गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै प्याब्सन नेपालका प्राज्ञिक सल्लाहाकार डा. राजेश केशर खनालले निजी शैक्षिक क्षेत्र लगानी गरेका व्यक्तिहरुको सम्पत्तिको संरक्षण र सरकारको सकारात्मक साथको आबश्यकता हुनु पर्नेमा जोड दिनु भएको थियो । यस्तै उहाँले निजी शैक्षिक क्षेत्रको अवधारणा धेरै समय पहिले देखि भएको हुदा यसलाई सामुदायिक र निजी भनेर दुइ खाले निति अपनाउदा निजी लगानकिर्ताहरु त्रसित हुने बातावरणको सृजना भएको उहाँल बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यबहाक मेयर संगिता सुबेदीले स्थानीय सरकार निजी शैक्षिक क्षेत्रसंगको सहकार्यलाई सकारात्मकताका साथ लिएको हुदा स्थानिय सरकार जहिले पनि साथमा रहेको बताईन । यस्तै उहाँले स्थानीय सरकार र कोहलपुरमा रहेका निजी लगानीकर्ताहरुको सक्रियतामा कोहलपुर शैक्षिक हबको रुपमा बिकास गर्न सकिने कुरामा दुई मत नभएको बताउनु भयो । कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थानीय सरकारले आफ्नो नारा अगाडी िबढाएको हुदा सबै निजि बिद्यालयहरुको साथ र सहयोगको अपेक्षा आफुहरुले गरेको बताउनु भयो ।
कार्यक्रमा कोहलपुर प्याब्सनमा आबद्धरहेका २४ वटा विद्यालयका संचालकहरुको उपस्थिती रहेको थियो ।