कोहलपुर – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आ.ब २०८१/०८२ को मंसिरसम्म ७ सय १३ पटक सचेतना कार्यक्रम आयोजना गरिएको छ । जसबाट ३१ हजार ३८ जना लाभान्वित भएका छन । अझै पनि सडक सुरक्षामा लापरबाही भएको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्करराज पन्तले जानकारी दिए । आफुहरु सडक सुरक्षालाई प्रभाबकारीता बनाउदै गएको भएता पनि प्रर्याप्त जनशक्तिको अभाबका कारण पनि सोचे अनुरुपको काम हुन नसकेको उहाँको भनाई रहेको छ । जिल्लामा ट्राफिक प्रहरीको कार्यालयमा हाल ८१ जनाको जनशक्तिपनि कमी भइरहेको उहाँले बताउनु भयो
कार्यालयले बिभिन्न विद्यालयहरुमा गएर विद्यार्थीहरुमाझ आफुहरुले ट्राफिक जनचेतना का सचेतना मुलक काम गराउँदै आएको पनि उहाँले बताउनु भयो । अझै यसलाई प्रभाकारीता ल्याउनकालागि बिभिन्न निबन्ध प्रतियोगिता लगाएका काम गर्ने तयारीमा लागेको बताउनु भयो । जति ट्राफिक प्रहरी लागेको छ त्यहि अनुरुप ब्यक्ति स्वयं जिम्मेवार नभएसम्म दुर्घटना न्यूनिकरण गर्न नसकिने यहाँको तर्क रहेको छ ।
यस्तै जिल्लामा मोडिफार्ई गरेका ८ वटा मोटरसाईललाई नियन्त्रण्मा लिएर कारबाही गरेको र आम नागरिकलाई यस्ता खालका सवारी देखिएको खण्डमा नजिकको प्रहरी कार्यालयमा वा एक सयमा सम्पर्क गर्न पनि पन्तले आग्रह गरेका छन ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो आर्थिक बर्षको मंसिरसम्म ११ हजार ८ सय ५३ सवारीलाई कारबाही गरि उनन्सउ लाख १६ हजार राजस्व संकलन गरेको छ ।
यस्तै बाँकेको नेपालगन्जलाई हिरेन्द्र रोकायको पालार्मा हर्न निषेधित क्षेत्रको रुपमा घोषणा गरिएको थियो त्यसको निरन्तरताकालागि आफुहरुले खसै पहल गर्न नसकिएको र जनशक्ति अभाबका कारण पनि निरन्तरता दिन नसकिएको उहाँँले बताउनु भयो ।
यस्तै जिल्ला मा रहेका अब्यबस्थित अटो रिक्सालाई नियन्त्रण गर्नका लागि आफुहरुले मात्र सम्भव नभएको हुदा स्थानीय पाीका वडा लगाएतसंग सहकार्य गरिरहेको उहाँले बताउनु भयो । अटोरिक्र्सा ब्यबस्थित गर्नका लागि चोक चोकमा बोर्ड राखिएको छ । जसले गर्दा सडमा पार्किङ लगाएत व्यवस्थानमा पनि सहजता आउने बताए । ट्राफिक प्रहरीको मुख्यकाम सडक सुरक्षा भएको हुदा राजस्व संकलन प्राथमिकता नभएको पन्तले बताउनु भयो । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले ओ आ.बमा मात्र ३७ ठाउ बढि स्थानहरुमामा नोपार्किङ (सचेतना) बोर्ड राखिएको छ । जसको कार्यान्वयनमा सम्बन्धित सवारी चालकहरुले नियमको पालना गर्नु पर्दछ ।
जिल्लामा लगाइएको ट्राफिक लाईटहरु संचालनकालागि सडक सुरक्षा महाशाखा अन्र्तगत भएको हुदा आफुहरु यसलाई संचलनका लागि पहल गरिरहेका छौँ । यसलाई संचालन गर्नका लागि केहि समय लाग्ने प्रमुख पन्तले बताउनु भयो । नेपालगन्जका बिभिन्न ठाउँमा गरि ५ ठाउँमा लाईट राखिएको छ जसको मर्मत र कन्ट्रोल रुम निर्माण गर्न केहि समय लाग्ने उहाँको भनाई रहेको छ ।