२३ असार २०८२, सोमबार
निर्माणाधीन झोलुङ्गे पुल भत्किँदा रोल्पामा ५ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८१, आईतवार १८:२८

दाङ – रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५ जनाको मृत्यु भएको छ । पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिदाँ ५ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सावित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech