१९ मंसिर २०८१, बुधबार
यातायात व्यवस्था कार्यालयको सेवा कोहलपुरबाट विस्तार हुने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकको तीन निर्णय


  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८१, सोमबार १९:४९

लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो
निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपासदेखि राजश्व संकलनकालागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि , भूमि व्यवस्था तथा सहकारी
मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ । संशोधित कार्यविधि अनुसार अब अवधि पुगेका र
सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारी भित्र पर्ने छ । प्रदेश, स्थानीय सरकार र किसानहरुको
साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो भने सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदको जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएको थि यो । जसले गर्दा मन्त्रिपरिषद् बैठकले बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

Nabintech