७ पुष २०८१, आईतवार
रोकियो खरिदार- नासुको सरुवा

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८१, सोमबार २०:०७

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अङ्कित प्रथम र द्वितीय श्रेणी (खरिदार र नासु) का कर्मचारीहरूको सरुवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ। सोमबार सचिव स्तरीय निर्णयबाट माघ-फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गर्ने निर्णय गरिएको हो।

मन्त्रालयले २०८१ मंसिर १८ देखि लागू हुने गरी राजपत्र अङ्कित प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ माघ मसान्तसम्म र द्वितीय श्रेणी (खरिदार वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ फाल्गुण मसान्तसम्म सरुवा रोक्ने निर्णय गरेको छ ।  लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायहरूमा सरुवा हुने प्रवृत्तिले दुर्गममा सेवा गर्दै आएका कर्मचारीहरूको बढुवामा मर्का परेको विषयआइतबार ‘दुर्गमका कर्मचारीमाथि थप अन्याय हुन नदिन टुरिष्ट बढुवा बन्द गर’ शीर्षकमा लेखिएको टिप्पणीमार्फत उजागर गरेको थियो।

सम्बन्धित समाचार स् दुर्गमका कर्मचारीमाथि थप अन्याय हुन नदिन ‘टुरिष्ट बढुवा’ बन्द गर

दुर्गम स्थानमा अस्थायी रूपमा सरुवा गरेर बढुवा प्रक्रिया आफ्नो पक्षमा पार्ने टुरिष्ट कर्मचारीहरूको समूहको चलखेलले दुर्गमका इमानदार कर्मचारीहरूको बढुवा प्रक्रियामा गम्भीर असर पर्ने गरेको विषयलाई ध्यानाकर्षण गराएको थियो।

ढिलै भए पनि मन्त्रालयले यसअघि गरिएका यस्तै निर्णयहरूलाई निरन्तरता दिएको कदम सराहनीय छ। कर्मचारीको अभिभावकको भूमिकामा रहेको मन्त्रालयले व्यक्ति र समूह विशेष भन्दा पनि समग्र संगठनलाई नै लाभ हुने निर्णय गर्दा मात्रै आम कर्मचारीले अभिभावकको महसुस गर्न सक्नेछन् ।

Nabintech