२० मंसिर २०८१, बिहीबार
जनजाती महासंघ कोहलपुर समन्वय परिषदद्धारा कोहलपुरमा प्रथम महोत्सवको आयोजना

पौष ०९ गतेदेखि पौष १७ गतेसम्म आयोजना हुने


  • टाइम्स संवाददाता

  • १९ मंसिर २०८१, बुधबार २१:००

कोहलपुर नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कोहलपुर नगर समन्वय परिषद् बाँकेले कोहलपुरमा एक्स्पो गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषदले कोहलपुरको खुल्ला मंचमा प्रथम कृषि पर्यटन प्रर्वद्धन व्यापारीक संरक्षण तथा संस्कृतिक महोत्सव (एस्पो २०८१) गर्ने भएको छ । महोत्सव पौष ९ गतेदेखि पौष १७ गते सम्म चल्ने आयोजक नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कोहलपुरले बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको छ ।

आयोजक संस्थाले आदिवासी जनजातिहरुको सयुक्त संग्राहलय निर्माण गर्ने उद्देश्यले एक्स्पो संचालन गर्न लागेको जानकारी समेत दिएको छ । महोत्सवको आकर्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय (रसियन कलाकारहरु) द्वारा मनोरञ्जन गराईने,२५० वटा व्यापारिक स्टलहरु राखिने, सम्पूर्ण जातिय संघका झाँकी र्याली, खानपिनका परिकार, भेषभुषा भाषा संस्कृति प्रर्दशनीका लागि फरक फरक ४ वटा स्टलहरुको व्यवस्था गरिने, आधुनिक र भव्य बाल उद्यान खेल सामाग्रीको व्यवस्था गरिने तथा हात्ती र उँट प्रर्दशनीमा राखिने आयोजकले जनाएको छ ।

साथै मेलाको सुरक्षाको लागी अत्याधुनिक सि.सि. क्यामेरा जडान गरि सुरक्षाको निगरानी समेत गरिने आयोजकले जनाएको छ । साथै मेलामा सबै जातजाति तथा समुदायको अपनत्व हुने र मेल सफल बनाउन सबैले हातोमालो गर्न आयोजकल आव्हान समेत गरेको छ ।

Nabintech