७ पुष २०८१, आईतवार
भुटानी राजाले शुक्रबार दिउँसो काठमाडौँमा बिताउने, कहाँकहाँ जाने छ कार्यक्रम ?

  • टाइम्स संवाददाता

  • २१ मंसिर २०८१, शुक्रबार ०६:४०

काठमाडौं- भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक शुक्रबार बिहान आउने भएका छन्। उनी नयाँ दिल्लीबाट ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आउने भएका हुन्। उनले बिहीबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।  काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जानेछन्। भुटानी राजाका साथमा उनको १९ सदस्यीय भ्रमण दल पनि हुनेछ। भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।

केही घन्टामात्र नेपालमा बिताएर भुटानी राजा शुक्रबार नै भुटान फर्कनेछन्।  भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि विशेष सुरक्षा व्यवस्था बनाएको छ। बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

Nabintech