७ पुष २०८१, आईतवार
मध्यवर्ती क्षेत्रका युवालाई सिपमुलक तालिम

  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८१, आईतवार १५:५९

कोहलपुर : मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र वैकल्पिक जीविकोपार्जन प्रर्बधनको लागी CTEVT बाट मान्यता प्राप्त ३९० घण्टे मोवाइल मर्मत इलेक्टिसियन र प्लम्बर तालिम आज देखि कोहलपुरमा शुरु भएको छ ।
बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका युवा युवतीहरुलाई आयआर्जनमा आत्मनिभर बनाउने उदेश्यले यो सिपमुलक तालिम सन्चालन गरिएको हो । तालिमको प्रमुख अथिती बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले तालिम प्रश्चात ठुलो सख्यामा युवाहरु स्वदेशमै आत्मनिर्भर भएर आयआर्जनका कार्यक्रममा जोडिने बिश्वास लिएको बताउनु भएको थियो । पछिल्लो समयमा युवा दक्ष जनशशक्ति बिदेशीने क्रम बढदो अबस्थामा रहेको हुदा यस्तो खाले तालिमले केही मात्रमा स्वदेशमा दक्ष जनशक्ति उत्पादनमा ठुलो सहयोग पुग्ने उहाको बिश्वास रहेको छ ।


युवाहरु आत्मनिर्भर भएमा संरक्षणमा समेत स्वतह टेवा पुग्ने हुदा मावन वन्यजन्तुवीचको सहअस्तित्व कायमको लागी समेत कोशेढुंगा साबित हुने बताउनु भयो ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले संरक्षण अब करले नभएर रहरले हुुनु पर्ने बताउनु भएको छ । अध्यक्ष खडकाले मध्यवर्ती क्षेत्रका युवाहरु आफै संरक्षणमा जुटने दिन आउन थालेको हुदा यो तालिमलाई अबसरको रुपमा लिनु पर्ने बताउनु भएको थियो । आयआर्जन र पर्यापर्यटन प्रर्बधनको लागी समुदायमा यस्ता खाले तालिम निररन्तर भइरहने बताइएको छ

सिपमुलक तालिम जेडएसएल नेपालको आर्थिक सहयोगमा वातावरण तथा ग्रामिण बिकास केन्द्र इन्रुडेकले सन्चालन गरेको हो सस्थाका बाँके अध्यक्ष धर्मलाल रोकायले दैनिक जीवनको लागी आश्यक पर्ने यी सिपमुलक तालिमबाट युवाहरुको जीवनलाई युटर्न गर्नको लागी यो तालिम महत्वपुर्ण भएको हुदा सक्रिय रुपमा सहभागी हुनको लागी समेत आग्रह गर्न भएको थियो ।
तालिमको प्राबिधी सहयोग सिनर्जी प्रालि,स्किल ट्रेनिङ्ग एण्ड रिसर्च कन्सल्टेन्सी र कृष्टिना मल्टि स्किल इन्स्टिच्युट प्रालिले गर्ने छन ।
तालिममा ५८ जनाको सहभागीता रहेको जेडएसएल नेपालका फिल्डअधिकृत प्रदिप सेढाइले जानकारी दिनु भयो ।

Nabintech