४ पुष २०८१, बिहीबार
वडा अध्यक्षसग बिद्यार्थी सम्बाद सम्पन्न

  • टाइम्स संवाददाता

  • ४ पुष २०८१, बिहीबार १९:१४

कोहलपुर  : कोहलपुर नगरपालिका वडा न २का अध्यक्ष र बिद्यार्थीहरु वीच वडा कार्यालयले प्रवाह गर्ने सेव सुबिधाको बिषयमा सम्बाद सम्पन्न भएको छ ।
स्थानीय पाठ्यक्रममा भएका बिषयबस्तुसग केन्द्रित रहेर बिद्याथीहरुले सम्बाद गरेका थिए ।
सवालजवाफको क्रममा कोहलपुर नगरपालिका वडा न२ का वडा अध्यक्ष हरि कठायतले आफूले सबै बिद्यार्थीहरुको लागी बिद्यालय सम्म पुग्नको लागी बाटोको पहुचलाई पहिला प्रथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।
प्हिलो चरणमा सामुदायिक बिद्यालयमा सिपमुलक कार्यक्रम सन्ख्चालन भइरहेको बताउदै बिद्यार्थीहरुलाई पढदै कमाउदै कार्यक्रमा जोडिएको बताएका थिए ।


कोहलपुर नगरपालिका वडा न २ मा रहेको मनकामना पब्लिक एकेडेमीका बिद्यार्थीहरुले वडा न २ मा भइरहेका बिकास निमार्णको अवस्था के छ , वडा कार्यालयले कुन कुन बिषयमा निशुल्क रुपमा सिफारिस दिने गर्दछ । भन्ने बिषयमा कोहलपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष हरि कठायत सग प्रश्न सोधेका थिए ।


बिद्यालयका बिद्यार्थी र वडा अध्यक्ष वीच दोहोरो सम्बाद भएको थियो । बिद्यार्थीहरुलाई वडामा भएका बिकास निमार्णका योजना र वडामा भबिष्यमा गर्ने योजनाका बिषयमा वडा अध्यक्ष हरि कठायतले जानकारी दिएका थिए ।
सम्बाद कार्यक्रममा वडा सचिब पुरुसोतम पोखे्रल सग पंजीकरणका बिषयमा बिद्यार्थीहरुले प्रश्न गरेका थिए ।त्यसै गरि स्वास्थय सेवा बाट प्रवाह हुने सेवाको बिषमा समेत बिद्यार्थीहरुले स्वास्थ चौकी इनचार्जलाई जिज्ञासा राखेका थिए ।
कोहलपुरमा पहिलो चोटि यस्तो वडा अध्यक्ष सग बिद्यार्थी सम्बाद कार्यक्रम सन्चालन गरिएको हो ।

Nabintech