१० पुष २०८१, बुधबार
कर्मचारीको माग तत्काल पुरा गर्न सकिदैन : मेडिकल कलेज ब्यवस्थापन

  • टाइम्स संवाददाता

  • १० पुष २०८१, बुधबार ०६:३७

नेपालगन्ज : कर्मचारीको आन्दोलन चर्किदै जादाँ ब्यवस्थापन पक्षले भने उनीहरुको माग तत्काल पुरा गर्न नसकिने प्रष्ट्याएको छ । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर ब्यवस्थापन पक्षले कर्मचारीले उठाएको मुख्य माग तलब बृद्धिलाई सम्बोधन गर्न सक्ने स्थिती नै नरहेको प्रष्ट्याएको हो ।  कलेजका सिईओ सन्तोष कुमार बि.एन.ले कर्मचारीहरुले माग गरेको तलब, भत्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ साउन महिनादेखी लागु हुने गरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुबै पक्षको सहमतिमा लागु गरिने बताए । कर्मचारीले तलब बृद्धिको माग राखेर अस्पताल जस्तो संवेदनशिल क्षेत्रको सेवा ठप्प पार्ने काम गरेको उनको भनाई छ । कम्पनीले नेपाल सरकारले तोके अनुसार कर्मचारीलाई तलब दिइरहेको दाबी गरेको छ ।

‘कम्पनीमा कार्यरत हाम्रा कर्मचारीहरुले तलब भत्ता तथा सेवा सुविधा प्रति हामी सजग रही हालको अवस्थालाई मध्यनजर गरी कम्पनीले दिन सक्ने सम्पूर्ण सुविधाहरु उपलब्ध गराउँदै आएको तथा गराउँदै जानेछौं,’ सिईओ बि।एन।ले भने ।

कलेजका एच।आर। प्रमुख श्यामकुमार शर्माले अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा अवरोध गर्न उचित नरहेको र मानवता विरोधी कार्य समेत भएकाले यस्ता क्रियाकलाप नगरी आफ्ना बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे । कर्मचारीले तालाबन्दी गर्दा शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा दैनिक करिव ८ सय जना बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेको शर्माले बताए ।  मेडिकल कलेजलाई विगत ८ महिनादेखी नयाँ ब्यवस्थापनले सञ्चालनको जिम्मा लिएको छ । सञ्चालन गरेको एक वर्ष नपुग्दै कर्मचारीले अनावश्यक रुपमा मागहरु राखेर ब्यवस्थापन पक्षसँग निहुँ खोजेको उनीहरुको आरोप छ ।

Nabintech