२० पुष २०८१, शनिबार
कोहलपुर महोत्सव तीन दिन थपियो

  • टाइम्स संवाददाता

  • १७ पुष २०८१, बुधबार २०:३७

कोहलपुर – बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ ३ दिन थप गरिएको छ । बुधबार मेला आयोजक समितिको बैठक बसी महोत्सव थप ३ दिन संचालन गर्ने निर्णय गरेको व्यवस्थापक अजय पुन ९गोपाल० ले जानकारी दिए ।
गत पुस ९ गते देखि सुरु गरिएको थियोे महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्सपोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।
महोत्सवको ९ औ दिन बुधबार पछिल्लो समयकी निकै व्यस्त चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी,गायक सुकदेव अधिकारी ,गायिका सम्झना रणपाल ,मोडेल तथा डान्सर रुबिना अधिकारी ,बिजय पुन,सुनिता दहित लगायतको प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारहरुको प्रतिभा र प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
१८ गतेका मुख्य आकर्षक
महोत्सवमा बिहीबार गायक आनन्द कार्की ,गायिका प्रीती आले, आउनेछन् । त्यस्तै लो दोहोरी गायक धनराज चुनारा , इब्सल सन्ज्याल ,आउने छ्न महोत्सवमा मोडल तथा डान्सर पुनम राना मगर र मोडेल दुर्गा रानाको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Nabintech