निर्धन उत्थान लघुवित्त संस्थाको २६ औै साधारण सभा निर्धन भवन नक्साल काठमाण्डौै मा सम्पन्न भएकोे छ । कार्यक्रम संस्थाका अध्यक्ष श्री हरिकृष्ण पन्त ज्यू को सभापतित्वमा कम्पनी सचिव जग्य प्रसाद पन्तले संचालन गर्नुभएकोे थियो । सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरु गरि कुल २१० जनाकोे उपस्थिती रहेको थियो । साधारण सभामा संचालक समतिका अध्यक्ष श्री हरिकृष्ण पन्त ज्यू ले आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना शेयरधनीहरुले विचार तथा मन्तब्य राख्नु भएको थियो ।
सभामा मन्तब्य राख्दै शेयरधनी प्रा.डा. फक्त वहादुर के.सी. ले संस्थाको २६ औै साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी नै रहेको छ । संस्थापक तथा जन्मदाता डा। हरिहर देव पन्तकोे विपन्नहरुको सेवा गरेर गरिवी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नरहेको बताउनु भयो ।
संस्थामा सदस्य घटिरहेकोे, ऋणी घटिरहेको, लगानीमा रहेको कर्जा र गुणस्तरमा केहि सुधार देखिएता पनि शेयरधनीकोे हात रित्तो भएको छ । संस्थाको ब्यवस्थापन तथा संचालक समिति ले केही खर्च घटाउन सकेता पनि संस्थाको आन्तरीक अवस्थालाई मजबुत बनाएर बाह्य परिस्थती संग जुधेर शेयरधनीको ईच्छा अपेक्षा पुरा गर्न सक्नुपर्छ ।
संस्थाको देशब्यापी कभरेज, अनुभवी कर्मचारी पुँजी सबै राम्रोे रहेको अवस्थामा मर्जर प्रति संवेदनसिल रहनुपर्छ । अहिलेकोे अवस्थामा मर्जरबाट हाम्रोे हित हुन सक्दैन । विगतमा भएका अन्य संस्थाको मर्जरबाट पाठ सिक्नु पर्ने कुरा बताउनु भयोे । साथै मर्जरपछि हुनसक्ने दिर्घकालिन प्रभाव र समस्याका वारेमा समेत संचेत रहन सुझाव दिनु भयो । साधारण शेयरधनी, अचुत राज जोशी ले आफु लामो समयदेखि शेयरधनी तथा संचालककोे रुपमा रहेर पनि पहिलो पटक आवश्यकता नै ठानेर साधारण सभामा वोल्दै छु, संस्थामा मर्जरको प्रस्ताव के कस्तो आसय र उदेश्यले ल्याइयोे संचालक समितिले पुष्टी गर्न भन्नुभयो ।
संस्था मर्जरमा गएर संस्थाको के उदेश्य पुरा हुन्छ ? यो प्रस्ताव किन ल्याईयो ? मर्जरबाट संस्थाको जन्मदाताको लक्ष्य उदेश्य पुरा हुन्छ त ? भन्ने प्रश्न गर्दै संस्थाको अवस्था केही खस्कीइरहेको, नेत्रुत्वदायि भुमिका गुमिरहेको अवस्थामा मर्जर गर्न हुदैन भन्ने राय राख्नु भयोे । मर्जर गरेर हुन सक्ने नकारात्मक अवस्था प्रति संचालक समिति जवाफदेही हुनुपर्छ । यो एष्यलभभच क्ष्लकतष्तगतष्यल लाई बचाउनुपर्छ । संस्थामा कर्मचारीहरु प्रतिवद्ध नभएकोे भन्दै कर्मचारीहरुलाई धेरैै मिहिनेत गर्न राम्रो काम गर्न संस्थाको मानप्रतिष्ठा जोेगीने गरि कार्य गर्न अनुरोध गर्नुभयोे । खर्च नियन्त्रण गर्न, वृद्धि दर कायम गर्न र आन्तरीक नियन्त्रण प्रणाली राम्रो बनाउन संचालक समितिलाई सुझाव गर्नुभयो ।
यसैै क्रममा दामोदर प्रसाद रेग्मी, साधारण शेयरधनी, मर्जर गर्न नहुने होईन तर अहिलेकोे अवस्थामा गर्नु शेयरधनीको दृष्टीले उपयुक्त नभएको बताउदै आफुले बजारबाट ७००। को दरले किनेको शेयरकोे प्रतिफल शुन्य लिएर तपाईहरुको विवसता सुनाउन भन्दा आजको अवस्था हेरेर काम गर्न तथा निर्णय गर्न भन्नुभयोे । संस्थामा जुनवेला धेरै मिहिनेतका साथ काम गर्नुपरथ्यो त्यहि वेलामा कर्मचारीहरुले आन्दोलन गर्नुभयो । अरुले पैसा उठाएपछि मात्रैे फिल्डमा पैसा उठाउन गएर रित्तो हात लिएर आउनुभयो । गत साल केही पाएनौ, यस वर्ष पनि केही पाएनौ, आगामी साल हामी मान्न तयार छैनौ कम्तीमा मुद्रास्फितीको दरमा प्रतिफल दिन जरुरी भएको बताउनु भयो ।
यस संस्थामा लगानी गरेर म नोक्सानमा गएँ । ब्यवस्थापनले राम्रो योजना रणनीति बनाएर काम गर्नुपरयो । विगतका दिनमा संस्थाले राम्रो लाभांस वितरण गरेता पनि अहिलेको ब्यवस्थापन र संचालक समितिले राम्रो काम गर्न नसकेको बताउँदै आफुले खाएकोे नुनकोे सोझो गर्न सुझाव दिनुभयो । शेयर बजारमा विगतमा आफुले मुद्धा हालेर सबैै बैंकको शेयर सर्वसाधारणले पनि पाउनुपर्ने बनाएको स्मरण गर्दै आगामी वर्ष देखि शेयरधनी रित्तोे हात लिएर फर्कन नपरोस अपेक्षा संगै संस्थाकोे सफलताकोे शुभकामना ब्यक्त गर्नुभयो ।
मैले पनि निर्धनको शेयरवाट राम्रै कमाएको थिएँ । यस संस्थाका कर्मचारीहरु अनुभव भएका छन् कति पय कर्मचारीहरुले अन्य संस्थामा गएर राम्रोसंग संस्था हाँकी रहेका भन्ने विचार राम प्रसाद पाण्डेले ब्यक्त गर्नुभयोे ।
२६ औ साधरण सभा २६ गते नै हुन गएकाले यसले शक्ति थप गरेको छ । समस्या पछि बामे सरने बेलामा मर्जरको कुरा आयो कतिपय संस्थाले दुःख पाएको अवस्था छ । संस्थाका कार्यकारी प्रमुख अधिकृत ज्युले अर्को साल राम्रो गर्ने प्रतिबद्धता गर्नुभएकोे छ । व्यवस्थापन र संचालकले निगरानी बढाउनु गर्नुपर्यो । अहिलेलाई मर्जरको प्रस्ताव स्थगित गर्ने र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थालाई अगुवा संस्थाको रुपमा नै राख्ने सोचाईलाई संचालक समितिले ध्यान दिन यज्ञ प्रसाद शर्माले सुझाब दिनु भयोे ।
सर्वसाधारण शेयरधनीहरुको जिज्ञासा र प्रश्नकोे जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीको अपेक्षा अनुरुप लाभांस वितरण गर्न सक्ने आश्वासन दिनुभयो । हाल आन्तरीक तथा बाह्य वातावरणमा केही सुधार भएकोे आन्तरीक संचरनामा परिमार्जन गरिएकोे, संस्थामा आन्तरीक नियन्त्रण र गुर्णस्तर सुधारको लागि कर्मचारी जिम्मेवारी संरचनामा परिमार्जन गरेर कार्यसंचालन ब्यवस्थापन गरिएकोले आगामी वर्षमा लाभांस वितरण गर्ने प्रबल सम्भावना भएको बताउनु भयो । संस्थामा हाल सफ्टवेयर परिवर्तन गरेर असुली सम्बन्धमा प्रसस्तैै सुचना हुने ब्यवस्था गरिएकोे, संचालक ज्यूहरुले प्रसस्तै मार्ग निर्देशन गर्नुभएको उहाँहरुकोे मार्ग निर्देशनलाई आधार मानेर कार्य संचालन गरिरहेकोे जानकारी गराउनु भयोे । संस्थाकोे अहिले सुधारउन्मुख रहेकोेले आगामी वर्ष लाभांस वितरण गर्ने सकिने बताउनु भयो ।
अन्तमा सभापतिले साधारण सभामा उपस्थित सबै शेयरधनीलाई धन्यवाद दिनुका साथै शेयरधनीहरुले दिनुभएकोे सल्लाह सुझावलाई मार्गदर्शनको रुपमा लिएर संस्था संचालन गर्ने कुरा ब्यक्त गर्नुभयो ।