कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नं १० मा रहेको तक्षशिला एकेडमीले वसन्त पञ्चमीको अवसरमा विद्यालयय प्रांगणमा सरस्वतीको मुर्ति प्रतिष्ठान गरेको छ । तक्षशिला एकेडमीका अध्यक्ष विष्णु प्रसाल वेल्वासेले हिन्दु धर्म सस्कृति अनुसार बिधिीपुर्वक सरस्वतीको मुर्तिको प्रतिष्ठा गरेका हुन ।
पछिल्लो समय तक्षशीला एकेडेमी भौतिकपुर्वधारमा कोहलपुर क्षेत्रकै अब्बल रहेको छ । आजको दिनमा अक्षर आरम्भको रुपमा समेत लिने गरिन्छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर तक्षशीला एकेडमीले मनाएको बिद्यालयका शैक्षिक सल्लाहकार खोपीराम वलीले कोहलपुर टाइम्सलाई बताए।
लामो समयको प्रतिक्ष पछि यस बिद्यालयका बिद्यार्थीहरुले आफ्नै बिद्यालय प्रांगणमा सरस्वतीको मन्दिर भएकोमा बिद्यार्थीहरुले खुसी ब्यक्त गरेका छन । समय सापेक्ष अनुसार बिद्यालयले सरस्वतीको मुर्ति प्रतिष्ठान गरेको बिद्यालयले जनाएको छ
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कला–साधनाका वस्तु जस्तै कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । तक्षशीला एकेडमीमा आजका दिन बिद्यार्थी भर्ना गर्ने अभिभाबकहरुको भिड रहेको छ । यस बिद्यालयले एक बर्ष बिद्यार्थीहरुलाई प्रबिधी मैत्री वातावरणमा अध्यापन गराउदै आएको छ ।