९ चैत्र २०८१, आईतवार
बाल शिक्षा माबिको ३१औ बार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०८१, आईतवार ०८:१४

कोहलपुर  : बाल शिक्षा माध्यमिक बिद्यालय कोहलपुर १३ भरैयाको ३१ औ बार्षिक उत्सव सम्पन्न भएको छ । कोहलपुर क्षेत्रमा रहेको यस बिद्यालयले पछिल्लो समय पढदै कमाउदै कार्यक्रम अन्र्तगत मह उत्पादन र बिद्यार्थीहरुको सहभागीतामा च्याउ खेती खेती समेत गर्दैै आएको छ ।


बार्षिक उत्सवा समाहोरहका प्रमख अथिती कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आर्चायले यस बिद्यालयको ४ कोठे भवन र तत्काल खानेपानीको लागी बजेट बिनीयोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोहलपुर नगरपालिका वडा न१३मा रहेको यो बिद्यालयले भौतिकपुर्वधारणको अभावमा सधै पिरेलिदै आएको बिद्यालयका प्रअ तर्क बहादुर खत्रीले कोहलपुर टाइम्सलाई जानकारी दिए ।
बिद्यालयको बार्षिक उत्सव कार्यक्रममा जग्गादाता , अक्षयकोष स्थापनामा सहयोग गर्ने लगायतलाई सम्मान गरिएको थियो ।
कोहलपुर नगरपालिका वडा न१३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले बिद्यालयको बिकासको लागी आफु सधै लागी पर्ने प्रतिबद्धता जनाएका थिए ।

Nabintech