९ चैत्र २०८१, आईतवार
तक्षशिला एकेडमीको ९औ वार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८१, शुक्रबार ०८:०२

कोहलपुर  : तक्षशिला एकेडेमीले हस्तकला तथा बिज्ञन प्रर्दशनी सहित ९ औ बार्षिक उत्सव सम्पन्न गरेको छ । तक्षशिला एकेडेमीले पछिल्लो समयमा बालबालिकाको रुचि अनुसार अध्ययन गराउदै आएको छ।    कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन सकिने बताएका छन् । कोहलपुरमा रहेको तक्षशिला एकेडमीको ९औ वार्षिक उत्सव तथा विज्ञान एवं हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले कोहलपुरलाई गुणस्तरिय शिक्षाको गन्तब्य बनाउनका लागि आफु लागि परेको उल्लेख गरे। कार्यक्रममा बोल्दै उनले भने–‘ कोहलपुरलाई गुणस्तरिय शैक्षिक गन्तब्य बनाउन सकिन्छ । त्यसका लागि एकल प्रयासले मात्रै संभव हुँदैन । सबैको साथ र समर्थन उत्तिकै आवश्यक पर्छ । उनले कोहलपुर नगरपालिकाले गुणस्तरिय शैक्षिक सुधारका लागि कोहलपुरमा रहेका विद्यालयमा हुँदै आएको परिक्षा प्रणालीमा व्यापक सुधार गर्न आवश्यक रहेको पाइएकाले नगरपालिकाले निर्मम भएर अघि बढेको जानकारी समेत दिए ।

 

नगरप्रमुख आचार्यले आफ्ना बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा नहुने कुरामा जोड दिदै आफ्ना बालबालिकाले आर्जन गरेको शिक्षाको गुणस्तर र आनीबानीलाई पनि नियाल्दै अभिभावकले नियमित विद्यालयको सम्पर्कमा रहेर आफ्नो बालबच्चाको शैक्षिक अवस्थाको जानकारी लिन आवश्यक रहने सुझाव दिए ।   

तक्षशिला एकेडमीका अध्यक्ष विष्णुप्रसाद बेलबासेको अध्यक्षतामा सम्पन्न ९औ वार्षिक उत्सव तथा विज्ञान एवं हस्तकला प्रदर्शनी कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको प्रस्तुती, तथा उनीहरुले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको थियो ।   

सो अवसरमा बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमाल, तक्षशिला एकेडमीका शैक्षिक सल्लाहकार तथा संस्थापक खोपीराम ओली बिधालयकी पुर्ब बिद्यार्थी निलम खडका लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमका अवसरमा अभिभावक खेलकुद महोत्सवमा बिजयी अभिभावक , एकेडेमीक टपर छात्र छात्रा, उत्कृष्ट शिक्षक कर्मचारीहरुले हासिल गरेको उपलब्धिको मुल्याङ्कन गरी पुरस्कृत समेत गरीएको थियो ।

आफ्ना नानिबाबुहरुको विभिन्न बिधामा उत्कृष्ट प्रस्तुतीकरण देखेर अभिभावकहरुले खुसी व्यक्त गरेका थिए।

Nabintech