कोहलपुर : बाँके राष्ट्रिय निकुन्जको प्रचार प्रचार र यसको प्रर्बधनको लागी स्थानीय पालिकाहरुले स्थानीयहरुलाई पर्यटन उद्योगसग जोडनु पर्ने सरोकारवालाहरुले बताएका थिए । कार्यक्रम बाँके राष्ट्रिय निकुन्जको आयोजना र जेडएस एल नेपाल र संरक्षण साझेदार सस्था इन्डुडेकको साझेदारीमा सन्चालन भएको थियो ।
मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण बैकल्पिक जिवीकोपार्जन प्रर्बधन स्थान्ीय पर्यटन उद्यमीको अबसर बिषयमा कार्यक्रपत्र हरि सुबेदीले प्रस्तुत गरेका थिए । कार्य पत्रमा बाँकेको पर्यटन अबस्था सम्भाबित पर्यटकीय क्षेत्रहरुलाई पर्यटन उद्यमीहरुसग जोडनु पर्ने कार्य पत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा बाँके क्षेत्र न १का सधिय सासद सुर्य प्रसाद ढकालले यस क्षेत्रको पर्यटन प्रर्बधनको लागी पुर्वधार बिकासको लागी आफु सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएका थिए ।
बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले मध्यवर्ती क्षे भित्रका नागरिकहरुको जीविकोपार्जन सुधारको लागी बिभिन्न कार्यक्रम मार्फत सशक्तीकरण गर्नको लागी काम गरिरहेको बताएका थिए । बन्यजन्तुको बास्थान ब्यवस्थापनको लागी सम्पुर्ण काम भइसकेको र सजिलै सग यहा दुर्लभ बन्यजन्तु देख्न सकिने भएकोले सबैले यसको प्रचार प्रचारमा जुटनु पर्ने बताएका थिए।
संरक्षण सस्था इन्डुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले अब स्थानीय पालिका वडा कार्यालयहरुले पहिलो चरणमा मध्यवर्ती क्षेत्रका नागरिकहरुलाई बैकल्पिक खेती र जीविकोपार्जन सम्बन्धीका कार्यक्महरु सन्चालन गर्नु पर्ने बताएका थिए।
कार्यशालाको गोष्ठीबाट ६ बुदे घोषण पत्र समेत प्रस्तुत गरिएको थियो ।
१. पर्यटन प्रर्वद्धनका लागी स्थानीय उत्पादनलाई जोड दिई बजारीकरण समेत गर्ने ।
२. भौतिक पूर्वाधारको विकास गर्दा गराउँदा पर्यटनमैत्री र फोहरमैला व्यवस्थापनलाई ध्यान दिई गर्ने गराउने ।
३. बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रर्वद्धनका लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने गराउने ।
४. सम्बन्धित सबै सरोकारवालाहरु निकायले आ—आफ्नो क्षेत्रबाट गर्नुपर्ने क्रियाकलापहरु आपसी समन्वय र सहकार्यमा तत्काल गर्ने गराउने प्रतिबद्धता गर्ने ।
५. संघ प्रदेश र स्थनीय नीति तथा कार्यक्रममा पर्यटन प्रर्वद्धनका लागी निश्चित प्रतिशत बजेट विनियोजनका गरी सोको प्रभावकारी कार्यन्वयनका लागी जोड दिने ।
६. सबै सरोकारहरुको संलग्नतामा बाँके राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्रहरुमा हुन सक्ने पर्यटनका गतिविधिहरु मध्ये प्रचारात्मक कार्यहरु, पर्यटकलाई नेचर गाईडसंग जोड्ने कार्यहरु, होमस्टे प्रर्वद्धनका कार्यहरु, फोहरमैला व्यवस्थापनका कार्यहरु र अन्य पर्यटकीय पूर्वाधार विकासका कार्यहरुमा समन्वय र सहकार्य गरी समग्र पर्यटन विकास गर्ने घोषण पत्रमा उल्लेख गरिएको बाँके राष्ट्रिय निकुन्जले जनाएको छ