कोहलपुर: बाँकेस् बाँकेको कोहलपुर वडा नं. २ बाट रैथाने कृषि परियोजनाको शुभारम्भ गरिएको छ । कृषि अनुसन्धान परिषद नार्क, कृषि जिन बैंकले हप्तादिनको अनुसन्धान पछि कोहलपुरको मक्तिनगरमा रैथाने कृषि परियोजनाको शुभारम्भ गरिएको छ ।
शनिवार मुक्तिनगरमा आयोजित खाद्य तथा कृषिकालागि जैविक विविधता सम्वन्धि अन्तरक्रिया कार्यक्रममा कृषि जिन बैंक खुमलटारले रैथाने कृषि परियोजनाको शुभारम्भ गरेको हो ।
आम नागरिकहरुको स्वास्थ्यमा परिरहेको असर, जलवायु परिवर्तनका कारण सिंगो पृथ्वीमै भईरहेको अप्राकृतिक परिवर्तनले रैथाने वालि र जैविक विविधता मासिदै गएको प्रति चिन्तित नार्कका विज्ञ सहितको टोलिले नेपालमा परापुर्वकालमा प्राकृतिक अचुक औषधिजन्य खाद्यवालिको संरक्षण संर्बद्धन र उत्पादन गर्ने हेतुले नार्कले यो परियोजना सञ्चालन गरेको हो ।
यस अघि बाँकेको चिसापानीमा कोदो र हिमालि धान उत्पादनको सफल परिक्षण गरिसकेको जैविक विविधता संरक्षणका अभियान्ता परमुल वस्नेतले कोहलपुर र यस आसपास क्षेत्रमा कोदो, कागुनो, चिनो एवं परम्परागत खाद्यवालि पनि उत्पादन हुन सक्ने उदाहरण पेश गरेपछि कोहलपुरमा रैथाने कृषि परियोजना सञ्चालनको जर्मको गरेको कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारका विज्ञ डा. मुकुन्द भट्टराईले वताए ।
आज शनिवार आयोजित खाद्य तथा कृषिकालागि जैविक विविधता सम्वन्धि अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं संघिय सांसद सुर्य प्रसाद ढकालले रैथाने कृषिलाई प्राथामिकता दिंदै किसानलाई धनि बन्नकालागि बाँझा जमिनलाई उत्पादनमा रुपान्तरण गरि वचत गर्न सकिने वताए । किसानलाई कसरी धनि वनाउने र आफुले कसरी श्रम गर्ने भन्नवारे यस परियोजनाले धेरै नै सिकाउने वताउदै राज्यको कानुनले कहिं यस्ता परियोजनालाई अवरोध खडा गर्ने रहेछ भने कतै परिवर्तन गर्नुपर्ने देखिएमा विज्ञहरुले आफनो समिति भुमि,कृषि तथा सहकारी समितिलाई उपलब्ध गराए कानुन परिवर्तनमा समेत आफुले जनप्रतिनिधका हिसावले सक्दो सहयोग गर्ने वचनवद्धता ब्यक्त गरे ।
उनले देशको संबृद्धि चहाने हो भने पहिलो नम्वरमा किसानहरु संबृद्ध हुनुपर्ने मात्र हैन,उत्पादनले देश निर्भर हुनुपर्ने भएकाले पनि किसानहरुलाई रैथाने वालि खेती गर्नतर्फ नार्कले गरेको यो प्रयास सफल परियोजना भएको खण्डमा देशभर लागु गर्न सकिने भएको जिकिर गरे । सांसद ढकालले जनप्रतिनिधिहरुको काम भनेकै जनताको कुरा सुन्ने बुझने र उनीहरुका आवाजहरुलाई सरोकार निकाय सम्म लैजाने भएकाले पनि आजको अन्तरक्रिया र किसानका कुरा मनन योग्य भएको वताए ।
कार्यक्रममा लुम्विनी प्रदेस सांसदहरु कृष्ण केसि नमुना, दुर्गा प्रसाद चौधरी, वसन्ति अधिकारी, कोहलपुर नगर उप प्रमुख संगिता सुवेदी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे, कोहलपुरका प्रमुख चन्द्र बहादुर बुढा लगाएतले जैविक विविधता एवं रैथाने वालि संरक्षण गर्न आफनो क्षेत्रवाट आफुले गर्न सक्ने कार्य गर्ने र वालि संरक्षणमा योगदान दिने प्रतिवद्धता जनाए ।
कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिसिंह कठायतको अध्यक्षतामा आयोजित रैथाने कृषि परियोजना शुभारम्भ एवं खाद्य तथा कृषिकालागि जैविक विविधता सम्वन्धि अन्तरक्रियामा जैविक विविधता संरक्षणकर्मि परमुल वस्नेत, किसान शेषकान्त शर्मा लगाएत कोहलपुर २ का किसान उपभोक्ताका नेताहरुले समेत रैथाने वाली परियोजनाकावारे प्रशंसा गर्दै परियोजनाले दिएको सेवा सुविधालाई आफुहरुले सदुपयोग गर्ने वताए ।
शुभारम्भ कार्यक्रममा विविन्न रैथाने वालिहरुको विउ लगाउने विधि, गोडमेल सिचाई एवं भण्डारण सम्वन्धि जनाकारी प्रदान गरिनुकासाथै किसान उपभोक्ता तथा ईच्छुक किसानहरुलाई रैथाने वालिको विउ निशुल्क रुपमा वितरण गरिएको वरिष्ठ बैज्ञानिक दिपा सिंहले वताईन ।
Buletnews.com