काठमान्डौ : गुठी संस्थानका दुई महत्वपूर्ण निर्णयहरु अघिल्लो ३९९ औ बैठकले गुठी सन्स्थानलाई आधुनिक समयसापेक्ष र गुठिको माध्यमबाट राज्यले सम्पदा संस्कृती र सभ्यताको खोजी अनुसन्धान मार्फत जनताको समृद्धिको लागि एडभान्स रिसर्च सेन्टर खोल्ने निर्णय गरेको एक महिना पछि आज बसेको संस्थानको ४०० औ बैठकले इतिहासमा पहिलो पटक गुठी संस्थानले “रास्ट्रीय धार्मिक सम्मेलन” गर्ने निर्णय गरेको छ ।संस्थानले “रास्ट्रीय धार्मिक सम्मेलनजिल्लाको प्रशिद्ध धार्मिक स्थल कालिका मन्दिरमा आगामी चैत्र दशैको अवसरमा दुई दिने सम्मेलन सम्पन्न गर्न गुठी सन्स्थानका धार्मिक साखाका प्रमुख राजेन्द्र कुमार दाहालको सम्योजकत्वमा बागलुङ कालिका मन्दिरका पदाधिकारीहरु रहेको समिती निर्माण भएको छ
धार्मिक सम्मेलनको उद्घाटन रास्ट्र प्रमुख वा प्रधानमन्त्री मध्य एक जनाबाट हुने छ भने मन्त्री, सम्सद र बाग्लुङ्ग जिल्लाका जनप्रतिनिधिहरु , देशभरका प्रशिद्ध धार्मिक देवास्थलका महामहन्त,, पुजारी र समितिका पदाधिकारी उपस्थित हुनु हुने छ । गुठी सन्स्थानले गुठिको ईतिहास र यसले अबलम्बन गरेका संस्कृति, सम्पदा सभ्यता र आगामी दिनमा गुठीलाई कसरी अगाढी बढाउने भन्ने सबालमा कार्यपत्र पेश गर्ने छ भने देश कै सर्बोत्तम ब्यबस्थित गुठिको रुपमा सन्चालन र ब्यबस्थापन भएको बाग्लुङ्ग कालिका मन्दिरले धार्मिक सान्स्कृतिक पक्षको बारेमा आफ्नो कार्यपत्र पेश गर्ने छ । भने देशभरका प्रबुद्ध धार्मिक संघ सङ्गठनहरुले आआफ्ना मन्दिर गुम्बा लगायतका बिषयमा धारणा राख्ने छन । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुलाई बाग्लुङ्ग म्याग्दी पर्वत जिल्लाहरुका प्रशिद्ध शक्तिपिठहरुमा भ्रमण अबलोकनको ब्यबस्था गर्ने भएको छ । यसै गरि गुठी संस्थानको स्थापनाको ६० बर्षको इतिहासमा पहिलो पटक गुठी सन्थानको अधिनमा रहेका तर ब्यबस्थित हुन नसकेका राजगुठि अन्तरगतको जग्गा मठमन्दिरको बारे खोजबिन गर्ने , नापजाँच गर्न बाकी रहेका जग्गाहरुको पहिचान र प्रतिबेदन तयार गर्ने ,गूठी तैनाथी जग्गाहरुको हालसावी गर्ने , त्यस्ता जग्गाहरुमा बनेका सम्रचना र पसलहरुको एकिन अवस्था पहिचान गर्न , गुठी तैनाथी जग्गामा तिनै प्रकारका सरकारहरुले प्रयोग गरेको अवस्था एकिन गर्न , ती निकायहरुले गुठिलाई तिर्न बाकी रहेको गुठी बक्यौता वा कुतको विवरणको बास्तविकता ल्याउन नियमित प्रतिबेदन पेश गर्ने गरि गुठी संस्थानका सन्चालक समिति सदस्य टेकराज पौडेलको सम्योजकत्वमा तीन सदस्यिय समिती निर्माण गरेको छ ।समितिको सदस्यमा अर्का सदस्य दीपक कुमार पाठक र कर्मचारी सहज (समन्वयकर्ता ) निराजन पौडेल रहनु भएको छ ।