बाँके : लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा जनप्रतिनिधी , वन तथा वातावरण सग सरोकार राख्नेहरुको लागी नेपालगन्जमा जलवायु परिर्बतन सम्बन्धीको अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
बाँकेमा रहेका सामुदायिक वनका प्रतिनिधी , निजि वनका प्रतिनिधी ,स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागीता रहेको छ ।
अभिमुखीकरण कार्यक्रमा लुम्बिनी वन तथा वातावरण मन्त्रालयका सचिब मोहन राज काफ्लेले अहिले पछिल्ला बर्षहरुमा जलबायु परिर्बतनका असरका कारण अति बिशिष्ठी , अनाबृष्ठी , लामो खडेरी , अत्याधिक चिसो , बाढी पहिरोका समस्याहरु भोग्दै आएको अबस्था रहेको छ । यस्ता असरहरुलाई स्थानीय तहबाट समुदायस्तरमा जनचेतना फैलाउनको लागी सबै सरोकारवालाहरु भए जुट भए मात्र न्युनीकरणका प्रयास हुन सक्ने भएकोले सबै एकजुट हुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मनत्रालयका बन निर्देशक प्रभात सापकोटाले जलबायु परिर्बतनले पुराएको असरलाई समुदायस्तरमा सचेतन जगाउदै , जलबायु अनुकुलनको लागी गर्नेु पर्ने कामका बारेमा जानकारी दिनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वन ब्यवस्थापक शाखा प्रमुख सुशिल सुबेदीले प्रभावित समुदायका मानिसहरुलाई लक्षित गरि योजना निमार्ण गर्दा स्थानीय सरकार , सामुदायिक वनहरुले के कस्ता जलबायु अनुकुलनका योजना बनाउन सक्दछन र समुदायमा सचेतनाको लागी जाग्रुक बनाउनु रहेको बताउनु भएको छ ।
अभिमुखिकरण कार्यक्रममा जैविक विविधता के हो यस यसको महत्व किन छ भन्ने बिषयमा समेत अभिमुखीकरण गरिने बताइएको छ । कायृक्रममा ७५ जनाको सहभागीता रहेको छ ।