कोहलपुर : कोहलपुर नगरपालिकाको आयोजनमा युरोपीयन युनिएन तथा अस्ट्रियन डेभलपमेन्ट कोअपरेशनको आर्थिक सहयोगमा सन्चालन सम्र्बधन परियोजना तथा अन्य सघसस्थाको सहकार्य तथा सहभागीतामा ११५ औ अन्तराष्ट्रिय महिला दिवस कोहलपुरमा सम्पन्न गरिएको छ ।महिला दिवसको अवसरमा महिलाहरु वीच मैत्रीपुर्ण भावना जगाउने उदेश्यले भलिवल प्रतियोगीता, फरक क्षमता भएका महिला वीच ह्विली चेयर प्रतियोगिता र कर्सी दौड प्रतियोगिता लगायतका खेलहरु सम्पन्न भएका छन ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आर्चायले हरेक क्षेत्रमा महिलाहरु सक्षम बन्दै गएको बताउनु भएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुबेदीले महिला दिदि बहिनीहरुले थुपै खाले समस्या र चुनौतिसग जुद्धै सामाजिक काममा समेत सक्रिय हुदै आएको बताउनु भएको छ । ११५ औ महिला दिवस सफल पार्न बिभिन्न गैरसरकारी सस्थाहरुलाई धन्यबाद तथा सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
पहिलो दिन खेलकुद प्रतियोगिता र दोस्रो दिन प्रभात फेरी सहित बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
महिला दिवसको अबसरमा सामुदायिक वन उपभोग्ता महासघ बाँके तथा नगर महासंघ कोहलपुरले पनि सम्र्बधन परियोजनाको सहकार्यमा ११५ औ महिला दिवस बिभिन्न कार्यक्रम कार्यक्रम गर्दै मनाएको छ ।
देशको बिकासको साथै सामुदायिक वन संरक्षण र सम्र्बधनमा महिलाहरुको महत्व साथै महिलाहरुको क्षमता बिकास तथा समाबेशीकरणमा सामुदायिक वन उपभोग्ता महासघ नेपालले गरेको योग्दानको बारेमा सामुदायिक वन उपभोग्ता महासघ नेपाल जिल्ला महासघ नेपाल बाँकेकी अध्यक्ष साबित्रा पुनले बताउनु भयो ।