२८ फाल्गुन २०८१, बुधबार
आमसञ्चार परिषद् विधेयक समितिमा

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०८१, बुधबार ०६:३३

काठमाडौँ-  प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा पठाइने छ । दुवै सदनबाट पारित र प्रमाणितको प्रक्रिया पूरा भएपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जाने छ ।

प्रतिनिधि सभामा विधेयकमा २३ संशोधन दर्ता छन् । अधिकांश संशोधन परिषद्का पदाधिकारी नियुक्ति र संरचनासँग सम्बन्धित छन् । सिफारिस समितिमा विधायिकाको नियन्त्रण रहनुपर्नेलगायतका संशोधन विधेयकमा दर्ता छन् । राष्ट्रिय सभाले भने सरकारले प्रस्ताव गरेको सिफारिस संरचना हटाएर मन्त्रीपरिषद्बाट अध्यक्ष नियुक्तिको प्रावधान राखेको थियो । उक्त व्यवस्थामा पनि संशोधन परेको छ ।

Nabintech