२ जेष्ठ २०८२, बिहीबार
मणिग्राममा सडक दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०८२, बिहीबार १४:०४

रुपन्देही :  सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेले सडक दुर्घटना न्युनिकरण तथा रोकथामका लागि सचेतना कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने भएकाले सस्थाका कार्यक्रम सडक बटै सुरु गर्दै आइरहेको बताएका छन्। उक्त कुरा बेल्बासेले सोमबार तिलोत्तमा नगरपालिकाको मणिग्राममा सम्पन्न भएको सडक दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रममा बताएका हुन। सुरक्षित यात्रा नेपालको आयोजनामा, तिलोत्तमा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको छ। मणिग्रामको शंकरपुर चोकदेखि सुरु भएको र्याली मणिग्राम चोकमा पुगेर विविध ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा दुर्घटना पश्चात गरिने ट्राफिक उद्धार तथा व्यवस्थापन सम्बन्धी सडक नाटक , ट्राफिक सचेतना सम्बन्धी गीत–नृत्य प्रस्तुति, जेब्रा क्रसिङ प्रयोग अभ्यासलगायतका गतिविधिहरू प्रदर्शन गरिएको सुरक्षित यात्रा नेपालले जनाएको छ।

 

सो कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरण तथा समाधानका लागि सबै पक्षले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउदै नगरपालिक सहकार्य गरि काम गर्न तयार रहेको बताए त्यस्तै, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख (डिआइजी) राजेन्द्र प्रसाद भट्ट, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा लगायतले ट्राफिक सचेतनाका पक्षमा मन्तव्य राखेका थिए। यातायात व्यवसायी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी र स्थानीय नागरिकको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (प्रहरी निरीक्षक) रन्जु के.सी.ले गरेकी थिइन् भने कार्यक्रम संयोजक दीपक ढकालले स्वागत मन्तव्य राखेकाथिए।

Nabintech