९ जेष्ठ २०८२, बिहीबार
उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि‘

  • टाइम्स संवाददाता

  • ८ जेष्ठ २०८२, बुधबार २१:१०

नेपालगन्ज – बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले करिव चार घण्टा कर्मचारीलाई बाहिर राखेकी छन् । कार्यालय समयमा आउन पटक–पटक आग्रह गरेपनि कर्मचारी समयमा नआएपछि आज उपाध्यक्ष रोकायले १०।१७ बजे कार्यालयको मुख्यढोकाको च्यानलगेटमा ताला लगाइदिएकी थिइन् । जसले गर्दा ढिलो आएका कर्मचारी २ बजेसम्म बाहिर बसेका थिए ।

उपाध्यक्ष रोकायले पटक९पटक सम्झाउदा पनि कर्मचारी समयमा कार्यालय नआएपछि गेटमा ताला लगाएको बताइन् । कर्मचारीले समयमा आउने प्रतिबद्धता गरेपछि दिउँसो २ बजे ताला खुलेको छ ।

Nabintech