कोहलपुर : बाँकेको राप्ती सोनारी गाउपालिका भित्र रहेका सामुदायिक वनका उपभोग्ताहरु महिला सशक्तीकरण ,गरिवी न्युनिकरण , समुहमा सुशासन र जलबायु अनुकुलनको लागी एकजुट हुन थालेका छन ।यसले सामुदायिक वनमा महिलाहरुको क्षमता बृद्धि हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय सामुदायिक वनहरु बिकास निमार्ण सगै महिलाहरुको क्षमता अभिबृद्ध गर्ने सक्रिय भएका छन । समुहमा आबद्ध रहेका उपभोग्ताहरुलाई गरिवी न्युनिकरण , आयआर्जन तर्फ जोडदै जलबायु अनुकुलन र मानव बनयजन्तु द्धन्द्ध न्युनिकरणको लागी पनि सक्रिय गराउन थालिएको छ । गरिवी न्युनिकरणको पाटोमा सामुदायिक वनहरु अझ सक्रिय भएर काम गर्नु पर्ने लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका बरिष्ठ वन अधिकृत सुशिल सुबेदीले बताए । उनका अनुसार , सामुदायिक वनका उपभोग्ताहरुको लैगिकं समाबेशीकरण , सामाजिक बिकास जलवायु अनुकुलन गराउनको लागी बाँकेको अशोक सामुदायिक वनमा भएको अन्र्तक्रिया कार्यक्मले साचिकै महिलाहरुको क्षमता बिकासमा टेवा पुराउने बताएका थिए ।
समुदायमा आधारित दिगो वन ब्यवस्थापन भए सगै सामुदायिक वनमा रहेका उपभोग्ताहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम र महिलाहरुको स्वास्थलाई लक्ष्ति गरि बिभिन्न कार्यक्रम सन्चालन भएसगै महिलाहरुको नेतृत्वमा समेत बिकास भएको त्रिशक्ती सामुदायिक वन उपभोग्ता समुहकी सचिब साबित्रा वलीले बताइन ।
समुहमा यस्ता खाले तालिमले सकरात्मक प्रभाब पर्ने र समुदायमा आधारित वन ब्यवस्थापनले लैगिक समाबेशीकरणमा समेत वकालत गर्दै आएको हुदा यो कार्यक्रम प्रभाबकारी भएको अशोक सामुदायिक वन उपभाग्ता समुह , राप्ती सोनारी २ बाँके अध्यक्ष भगानी सिहं थारुले बताए । यो कार्यक्रमले समुहमा सुशासन कायम गर्न सहजता हुदै जाने बिश्वास समेत लिएको तालिमका सहभागीले बताएका छन । अस्ट्रेलियन अवार्डबाट आदिवासीहरुको वातावरणीय ब्यवस्थापन सम्बन्धी सर्ट कोर्ष अध्ययन गरेर आएका बिद्यार्थीहरुले लुम्विनी प्रदेशका सामुदायिक वनमा नेर्तत्व तहमा रहेका महिलाको क्षमता बृद्धि,महिला सशक्तीकरण र गरिवी न्युनिकरण जलबायु अनुकुलनको लागी लागी समुहस्तरमा पुगेर जनचेतना जगाउन थालेका छन।