अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।
बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ । बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ ।