नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु। २.११ ले र डिजेलमा रु। १।०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ। हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु। २.५७ ले घटेको छ।
यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२:00 बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु २.०० ले र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर रु। १०.०० ले वृद्धि गरिएको हो। यससँगै काठमाडौँमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ ।
यसैगरी हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर रु। ३.०० ले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडान मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ। साथै, एलपी ग्यास (खाना पकाउने ग्यास) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।