काठमाडौं – सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच पहिलो दिनको वार्ता सहमतिमा पुग्न सकेन । आज सरकार र व्यवसायीको वार्ता टोलीबीच भएको दिनभरीको वार्ता निष्कर्षविहीन भएको हो ।
गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको बताइएको छ । वार्ता भोलि आज मंगलबार पुनः हुनेछ ।