३१ जेष्ठ २०८२, शुक्रबार
अहमदाबाद विमान दुर्घटना: चालक दलका सदस्यसहित २४२ जनाकै मृत्यु

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८२, बिहीबार १९:३२

काठमाडौँ – भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा सवार २४२ जनाकै मृत्यु भएको छ। प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले २४२ जनाकै मृत्यु भएको जनाएका छन्। विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए।

जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिश नागरिक रहेका थिए। त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको थिए। एयर इन्डियाको बोइङ-७८७ विमान अहमदाबादबाट १:३८ बजे उडान भरेको थियो। तर उक्त विमान १स्४० मै दुर्घटनामा पर्‍यो।

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Nabintech