३१ जेष्ठ २०८२, शुक्रबार
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज हुने

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८२, बिहीबार १९:३४

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीच टी २०आई सिरिज हुने भएको छ । नेपाल क्रीकेट संघ क्यानले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसंग ३ खेलको टी-२०आई सिरिज हुने घोषणा गरेको हो ।  उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसंग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले दुईपटक टी-२० विश्वकप क्रीकेटको उपाधी जितेको थियो ।

Nabintech