काठमाडौं – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो ।
प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।