३ असार २०८२, मंगलवार
कोहलपुर मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्धा दायर

  • टाइम्स संवाददाता

  • ३ असार २०८२, मंगलवार २१:०१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसीसमेत ४ जना उपर घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै विचौलियामार्फत २० हजार घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसी, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।

Nabintech