बाँकेको कोहलपुर क्षेत्रमा सिकलसेल रोगबाट पीडित तथा उहाँहरूका परिवारलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारको क्षेत्र विकास कोषबाट विनियोजन भएको बजेट अन्तर्गत ढकिया बुन्ने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
उक्त कार्यक्रममार्फत करिब २० जना सिकलसेल रोगका बिरामी र उहाँहरूका घरपरिवारका सदस्यहरूलाई घरेलु सीप प्रदान गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पु¥याउने लक्ष्य राखिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले सिकलसेल रोगका कारण दीर्घकालीन उपचार, शारीरिक कमजोरी र आर्थिक अभावको समस्या भोगिरहेका व्यक्तिहरूलाई परम्परागत सीपमार्फत घरमै बसेर आम्दानी गर्न सक्ने अवसर सिर्जना गर्न ढकिया बुन्ने तालिम दिइएको बताउनुभयो । उक्त तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमको आयोजना, व्यवस्थापन र समन्वय कार्य घरेलु कार्यालय र सिद्धार्थ एकीकृत विकास केन्द्रको सक्रियतामा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
तालिमका सहभागिहरुले प्रशिक्षक, आयोजक संस्था, सहयोगी निकाय तथा यो मानवीय र सीमित क्षमताभित्र आर्थिक सम्भावना उजागर गर्ने कार्य गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले यो कार्यक्रमले सिकलसेल पीडित समुदायकालागि आत्मनिर्भरता र गरिमामय जीवनयापनको नयाँ ढोका खोल्ने विश्वास लिईएको बताउनुभयो । उहाँले सिकलसेल पिडितले निर्माण गरेका सामाग्रीको बजारिकरणका लागि पनि नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।