६ असार २०८२, शुक्रबार
नवलपरासीमा यात्रुबाहक बस बगायो, ४० यात्रुको उद्दार

  • टाइम्स संवाददाता

  • ६ असार २०८२, शुक्रबार ०७:५४

पूर्वबाट पश्चिमतर्फ आएको भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खोलामा आएको बाढीले बगाएको छ । गयराती बाढीले करिब ४० यात्रु बोकेकोे सो बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूको उद्दार गरेपनि बस भने नभेटिएको नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व(पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियो । प्रहरीले बिहीबार बिहानै सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।

केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

Nabintech