रुकुम पुर्व : लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयले रुकुम पुर्वको रुकुमकोटमा जन प्रतिनिधी , सामुदायिक वन का प्रतिनिधी ,वन तथा वातावरण सग सरकोकार राख्ने र पत्रकारहरुको लागी दुई दिने जलवायु परिर्वतन र अनुकुलन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सुन्दर रहेको यो रुकुम पुर्वमा जलवायु न्युनिकरणको लागी सबै सरोकारवालाहरु एकजुट हुने पर्ने बताएका थिए । अहिले बाढि पहिरोको उच्च जोखिम बढदै गएको छ । स्थानीय पालिका देखि वडाहरुले समेत आफ्नो बजेटमा जलवायु अनुकुलनका कार्यक्रमहरु समाबेश गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा , लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले पछिल्लो समय जलवायु परिर्बतनको प्रभाबलाई न्युनिकरण गर्नको लागी मन्त्रालयले समुदायस्तरमा बिभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताएका थिए । जव सम्म समुदायस्तरबाट सचेतनाका कार्यहरु अगाडी बढाउन सकिदैन तब सम्म जलबायु न्युनिकरणका कार्यक्रमहरु प्रभाबकारी हुन सक्दैन त्यसैले मन्त्रालयले जिल्ला जिल्लामा यस्तो खाले कार्यक्रमहरु सन्चालन गरेको र यसले केही मात्रामा भए पनि समुदायमा सकरात्मक प्रभाब पर्ने सचिब भट्टराई कार्यक्रममा बताएका थिए ।
लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका बरिष्ठ वन अधिकृत एबं सुचना अधिकारी सुशील सुबेदीले यो अभिमुखीकरण कार्यक्रमले रुकुम पुर्वमा रहेको जैविक विविधता संरक्षण तालतलैया वन्यजन्तुको संरक्षण को लागी समुदायस्तरमा चेतना जगाउनको लागी यो कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।
कार्यकममा बिज्ञको रुपमा युवराज कंडेलले जलवायु न्युनिकरणको लागी स्थानीय जनप्रतिनिधीहरुको भुमिका, सामुदायिक वनका प्रतिनिधीहरुको भुमिकालाई कसरी सक्रिय बनाउनु पर्दछ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरण कार्यक्ममा जलवायु परिर्बतन के हो , यसलाई न्युनिकरणको लागी सरोकारबालाहरुको भुमिकालाई कसरी सक्रिय वनाउनु पर्दछ , मौसम र जलवायुमा के फरक छ जलबायु परिर्वतनक सुचकहरु के के हुन्न भन्ने बिषयमा डिभिजन वन कार्यालय रुकुम पुर्वका नि डिभिजनल वन अधिकृत गणेश बहादुर खड्का ले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम डिभिजन वन कार्यालय रुकुम पुर्वका सहायक वन अधिकृत नवराज शाहीले सन्चालन गरेका थिए ।
जलवायु परिर्वतन र अनुकुलन सम्बन्धीको कार्यक्रममा जन प्रतिनिधी ,वन तथा वातावरण सग सरकोकार राख्ने सरोकारवाला , विश्वबन्यजन्तु संरक्षण मन्चका पत्रकार हुमहरी भट्टराई स्थान्ीय पत्रकारहरु लगायत गरि ७५ जनाको सहभागीता रहेको थियो । कार्यकमा सहभागी भएका जनप्रतिनिधीहरुले कार्यक्रम निकै उपयोगी भएको प्रतिक्रिया दिएका थिए । अब वन डढेलो नियन्त्रण , चोरी शिकारी र