कोहलपुर : कोहलपुरमा एक समारोह बिच कवि रवि गिरीको कविता सङ्ग्रह ‘शान्तिको खोज’ विमोचन गरिएको छ ।हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो कृति प्रमुख अतिथि मदन पुरस्कार विजेता स्रष्टा युवराज नयाँघरे, पूर्णिमाका अध्यक्ष डा। पुष्कर रिजाल, प्राज्ञ द्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नयाँघरेले कोहलपुरमा साहित्य उर्वर रहेको र नयाँ स्रष्टालाई बाहिर ल्याउन पूर्णिमा साहित्य प्रतिष्ठानले उल्लेखनीय भूमिका खेल्दै आएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । पुस्तक र कविको परिचय साहित्यकार सागर गैरेले दिनुभयो ।
नयाँघरेले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य र लोकसंस्कृतिको भण्डार रहे पनि त्यसमा थुप्रै काम गर्न अझै बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले नेपाली संस्कृति र गौरवपूर्ण इतिहास कतै नभेटेको बताउनुभयो ।
नयाँघरेले निबन्धमै २०६५ को मदन पुरस्कार जितेको प्रसंग उल्लेख गर्दै डा। पुष्कर रिजालले उहाँका निबन्ध मौलिक, प्रयोगशील भैकन पनि सरल(सरस र विशिष्ट भएको बताउनुभयो ।
कार्यक्रममा बाके र बर्दिया क्षेत्रका चार दर्जनबढी स्रष्टा उपस्थित थिए । उपाध्यक्ष डा।खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गर्नुभएको थियो ।