काठमाडौं – रेनुका नगरकोटीलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानका रुपमा सार्वजनिक गरेको नेपाल नेपाल फुटबल संघ एन्फाले एक घन्टा नबित्दै ‘निर्णय परिवर्तन’ गरेको छ । एन्फाको पछिल्लो पोस्टमा सावित्रा भण्डारी साम्बा नयाँ कप्तान तोकिएकी छन् ।
पछिल्लो फेसबुक पोस्टमा ‘अपडेट’ भन्दै एन्फाले लेखेको छ, ‘सावित्री भण्डारीलाई राष्ट्रिय महिला टोलीको कप्तान नियुक्त गरिएको छ । उनले मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डबाट आर्मब्यान्ड प्राप्त गरिन् र लाओसविरुद्ध टोलीलाई टनेलमा नेतृत्व गर्नेछिन् ।