२८ असार २०८२, शनिबार
प्रधानमन्त्री ओलीले भनेः एनपिएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस्

  • टाइम्स संवाददाता

  • २६ असार २०८२, बिहीबार २१:३४

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। बिहीबार ललितपुरको सातदोबाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलकुद राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्। उनले नेपाल प्रमियर लिग ९एनपिएल० को भव्य तयारीमा लाग्न आग्रह गरे। प्रधानमन्त्री ओलीले एनपिएल राष्ट्रिय गौरवको भएको भन्दै त्यसलाई राष्ट्रिय स्तरमा अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘एनपिएलको भव्य तयारी गर्नुस्। एनपिएल भनेको हाम्रो राष्ट्रिय गौरव हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपिएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ।’

खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएल रोक्न खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले खेलकुदलाई राजनीतिभन्दा बाहिर राख्नुपर्ने बताएका हुन्।

‘खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ, खेललाई अघि बढाउनुपर्छ। त्यहाँ पोलिटिक्स गर्ने होइन। राजनीतिका लागि त्यो ठाउँ होइन। जो आउँछ उसले पोलिटिक्स गर्ने होइन, पोलिटिक्स भन्दा बाहिर खेल। खेलमा ध्यान दिनुपर्छ,’ उनले भने।

Nabintech