८ श्रावण २०८२, बुधबार
दूरदर्शी र देशभक्त नेता पुष्पलाल

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०८२, बुधबार ०६:०१

समाजमा विभेद र अन्याय भइरहेको छ भने त्यसको प्रतिरोध गर्नुहोस् । विरोध गर्न सङ्गठित हुनुस् र अन्यायलाई परास्त गरी समाज परिवर्तन गर्नुस् । यसरी नै समाज र देश बदलिएका छन् । आधुनिक समाज निर्माण भएको छ स् कार्ल माक्स । नेपाली कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पनि कार्ल माक्र्सका यिनै महान् विचारबाट प्रेरित भएर सर्वहारा वर्गको उत्थानका लागि सङ्घर्षमा होमिनुभयो । विसं १९८१ असार १५ गते जन्मिनुभएका नेता पुष्पलालले २०३५ साउन ७ गते नयाँ पुस्तालाई क्रान्तिको अभिभारा सुम्पिएर बिदा लिनुभयो ।

उहाँको स्मृति गर्दैगर्दा नेपालको समृद्धि र समुन्नतिको लक्ष्य हासिल गरी जनतालाई गरिबी, अशिक्षा, बेरोजगारसहितका समस्याबाट मुक्त गर्ने जिम्मेवारी राजनीतिक दलमाथि छ । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले २०७२ को संविधान कार्यान्वयनको यो अवधिको समीक्षा गरेर राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने दायित्व पूरा गर्न दलहरूलाई सुझाव दिनुभयो ।

डा। यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशी प्रणालीलाई अझै बलियो बनाउँदै विगतमा नेताहरूले गरेका सङ्घर्ष, बलिदान र त्यागको सम्मान गर्नुपर्ने बताउनुभयो । जननेता पुष्पलालसँग कलकत्तामा भएको भेटको स्मरण गर्दै उहाँले भन्नुभयो, “प्रवासमा रहँदा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठसहितका नेतासँग भेट हुन्थ्यो । पुष्पलालजी बनारसबाट कलकत्ता आउनुहुन्थ्यो । ३० को दशकमै उहाँले किताब लेख्नुहुन्थ्यो । कलकत्ता नेसनल लाइब्रेरीमा बसेर वा हामीसँग आएर उहाँ घण्टौँ बस्नुहुन्थ्यो । बडा सहज मान्छे, बडा इमानदार मान्छे । उहाँसँगको सङ्गत मैले पाएको थिएँ । म आफूलाई सौभाग्यशाली ठान्छु ।”

जननेता पुष्पलालसँगै काम गर्नुभएका अग्रज राजनीतिज्ञ लोककृष्ण भट्टराई र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुष्पलाल श्रेष्ठलाई नेपालको समग्र परिवर्तनको मार्गचित्र कोर्ने नेताका रूपमा स्मरण गर्नुभयो । उपाध्यक्ष शाक्यले भन्नुभयो, “पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनलाई आधुनिक शैलीमा विकास र विस्तार गर्ने हाम्रा मार्गदर्शन हुनुहुन्छ ।”

राजनीतिज्ञ भट्टराई नेता पुष्पलाललाई नेपाली राष्ट्रियता र लोकतन्त्रको प्रतीकका रूपमा सम्झिनुहुन्छ । उहाँले नेता पुष्पलालकै कार्यनीतिबाट नेपालमा लोकतन्त्र आएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्योभन्दा पहिले नेपाली कांग्रेसले ‘हिट एन्ड रन’ आन्दोलन गरे पनि अरू कम्युनिस्ट पार्टीले सशस्त्र सङ्घर्षको लाइन लिए पनि अन्तिममा पुष्पलालकै लाइनमा आउनु प¥यो । २०४६ को परिवर्तन पनि उहाँकै लाइन अनुसार सफल भयो ।”

उहाँले नेता पुष्पलालको मार्गदर्शन अनुसार राष्ट्रिय सहमति गर्दै लोकतन्त्रको पक्षमा, जनआन्दोलनको बाटोमा सबै राजनीतिक दल आएपछि २०६२र६३ को बृहत् संयुक्त जनआन्दोलनबाट नेपालको निरङ्कुश राजतन्त्र परास्त भएर गणतन्त्र आएको बताउनुभयो । उहाँले पुष्पलाललाई दूरदृष्टि भएको देशभक्त तथा नेपाली सर्वहारा वर्ग, श्रमजीवी वर्ग, किसान, मजदुरको नेताका रूपमा सम्झिनुभयो । उहाँका अनुसार नेता पुष्पलाल नेपालको भौतिकवादी इतिहासको सिद्धहस्त लेखक हुनुहुन्थ्यो । उहाँले भारतमा जमिनदारी शोषणविरुद्ध प्रवासमा बस्दा पनि उत्तर प्रदेश र विहारका किसानका पक्षमा आन्दोलन भएको र त्यहाँका किसानले पनि पुष्पलाललाई नेता मानेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “भारतका प्रसिद्ध समाजवादी नेता डिपी त्रिपाठीको शब्दमा पुष्पलाल दक्षिण एसियाकै किसान र मजदुरका नेता हुनुहुन्थ्यो ।

अग्रज राजनीतिज्ञ भट्टराईले नेता पुष्पलालले कलकत्तामा रहँदा लेखेको नेपालको इतिहासको पाण्डुलिपि सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाण्डुलिपि हराएको छैन । झापा आन्दोलनका योद्धा नारद वाग्लेले जस्ताको तस्तै अङ्ग्रेजीमा प्रकाशित गर्नुभएको छ । त्यो पुष्पलाल प्रतिष्ठानमा जस्ताको तस्तै छ ।”

एमाले उपाध्यक्ष शाक्यले लाखौँ लाख झुपडीको एकता नेपालको राष्ट्रियता हो भन्ने जननेता पुष्पलालको भनाइलाई स्मरण गर्दै उहाँ दूरदर्शी र नीतिलाई प्रधान मानेर अघि बढेकाले कम्युनिस्ट आन्दोलन उचाइमा पुगेको बताउनुभयो ।

Nabintech